Logo

प्रतिनिधिसभाको बैठक बस्दै, एमाले प्रतिपक्षमा बस्ने

काठमाडौं । प्रतिनिधिसभा बैठक आज (आइतबार) बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूचीमा उल्लेख छ । आजबाट नेकपा एमाले प्रतिपक्षमा बस्ने भएको छ । यसअघि नै आफूहरू प्रतिपक्षमा बस्ने भन्दै एमालेले संसद् सचिवालयलाई पत्र पठाएको छ…