बिजखबर संवाददाता १५ पुस, काठमाडौं । जनताको जीवनस्तर माथि उकास्न र मुलुकको आर्थिक विकासका लागि आर्थिक पुनर्जागरण आवश्यक भएको अर्थमन्त्री डा रामशरण महतले बताए । ‘आगामी दिनमा विकास निर्माणका काममा कुनैपनि बाहनामा बन्द वा अवरोधका गतिविधिहरु हुनुहुँदैन,’ बिराटनगरमा आयोजित पूर्वाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन कार्यक्रममा बोल्दै उनले भने, ‘मुलुकलाई बर्षौ पछि धकेल्ने…