Logo

मकालुको जहाज सिमीकोटमा दुर्घटनाग्रस्त, थप जानकारी आउन बाँकी

काठमाडौं । मकालु एयरको जहाज बिहीवार दिउँसो हुम्लामा दुर्घटनाग्रस्त भएको छ । जहाज हुम्ला जिल्लाको  सिमीकोटमा दुर्घटनाग्रस्त भएको स्रोतले जानकारी दिएको छ । मकालुको सिंगल इञ्जिनको प्लेन  सिमीकोटबाट सुर्खेत  जाँदै गर्दा दुर्घटनाग्रस्त भएको हो । जहाजमा यात्रु नभएको स्रोतले जानकारी दिएको छ । घटनाबारे थप जानकारी आउन बाँकी रहेको बताइएको छ ।