Logo

आइतवार सामान्य उकालो लाग्यो सुनको भाउ, तोलाको ५२ हजारमा कारोवार

काठमाडौं । आइतवार स्थानीय बजारमा सुनको भाउ सामान्य उकालो लागेको छ । आज सुनको भाउ तोलाको ४ सयले बढेर ५२ हजार पुगेको हो । शुक्रवार प्रतितोला ५१ हजार ८ सयमा किनबेच भएको थियो । आइतवार चाँदी तोलाको ७ सय ५० मा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।