Logo

बागमती सफाइ अभियानमा टेलिकमको सहभागीता, सफाइका सामग्री हस्तान्तरण

काठमाडौं । नेपाल टेलिकम आफ्नो तह्रौं वार्षिकोत्सवको अवसरमा बाग्मती सफाइ महा अभियानमा सहभागी भएको छ । सो अवसरमा कम्पनीले सफाइ अभियानका लागि आवश्यक सफाइ सामग्रीहरु पनि सहयोग स्वरुप हस्तान्तरण गरेको छ । शनिवार काठमाडौंको सुविधानगर तीनकुनेस्थित बाग्मती नदी किनारमा आयोजित कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले सफाइ कार्यका लागि आवश्यक विभिन्न सामग्रीहरु हस्तान्तरण गरिन् ।…