पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान आज हुने भएको छ । सोमबारदेखि कास्की जिल्ला अदालतमा बयान शुरु भएपनि पहिलो दिन छविराज जोशीको मात्र बयान लिइएको थियो । आज पनि जोशीको बयान जारी रहने र उनको बयान सकिएपछि रवि लामिछानेसहित अरुको लिइने जिल्ला अदालत, कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिएका…