काठमाडौं। नेपालको सबैभन्दा ठूलो दुई पांग्रे एक्सचेन्ज महोत्सव यामाहा ब्लु फेस्ट सुरु भएको छ । आजबाट काठमाडौंको भृकुटीमण्डपमा भव्य समारोहका साथ सुरु भएको सप्ताहव्यापी उत्सवको उद्घाटन एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र एमएडब्लु राइड्सका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले संयुक्त रूपमा गरे । कार्यक्रममा यामाहा अधिकारीहरु, सञ्चारकर्मीहरू र उत्साहित ग्राहकहरुको उल्लेखनीय उपस्थिति…