Logo

राष्ट्रपतिद्वारा सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ११३ को उपधारा ९२० बमोजिम आज उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।