Logo

पहिरोले विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरूद्ध, यात्रुहरु अलपत्र

काठमाडौं । गए रातिदेखिको अविरल वर्षाका कारण सिन्धुलीमा पहिरो जाँदा विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरूद्ध भएको छ । शनिबार बिहान सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमिरेफाडस्थित पहिरो खस्दा विपी राजमार्ग अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी अनिल कुमार खड्काले जानकारी दिए । त्यस्तै गोलन्जोर गाउँपालिका–६ अक्करेभीरमा सडकमाथिबाट लेदोसहितको पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरूद्ध भएको छ…