काठमाडौं । सरकारले सहकारीसम्बन्धी अध्यादेश ल्याउने भएको छ । मंगलबार बालुवटारमा बसेको मन्त्रिपरिषद् बैठकले सहकारीसम्बन्धी समस्या समाधान गर्नका लागि अध्यादेश ल्याउने निर्णय गरेको हो । अध्यादेशमा सहकारीसम्बन्धी समस्या समाधान गर्न 'राष्ट्रिय सहकारी नियमन आयोग' बनाउने उल्लेख गरिएको छ । उक्त आयोग बनेसँगै सहकारी बोर्ड खारेज हुने छ । मन्त्रिपरिषद् बैठकले सहकारी बोर्ड खारेज गर्ने निर्णयसमेत…