काठमाडौं । पाल्पाको पर्यटन विकासका लागि आज यहाँ साइकलयात्रा सुरु भएको छ । मानव स्वास्थ्य र स्थानीय पर्यटकीय क्षेत्रलाई समेटेर ‘सम्पदा साइकल राइड’ आयोजना गरिएको हो । पाल्पा साइक्लिङ सङ्घको आयोजनामा तानसेनमा ‘स्वास्थ्य र पर्यटनका लागि साइकल चलाउने’ नाराका साथ प्रारम्भ भएको साइकलयात्रामा पाल्पाका साथ रुपन्देही, नवलपरासी, चितवन, काठमाडौँ, सिरहा, बाँकेलगायत जिल्लाका ‘राइडर’ सहभागी छन्…