काठमाडौं । साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई आज (बुधबार) अदालत लगिएको छ । उनलाई प्रहरीले बुधबार म्याद थपका लागि सरकारी वकिलको कार्यालय हुँदै काठमाडौं जिल्ला अदालत पुर्याइएको हो । विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार अनुसन्धान गर्न प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको थियो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)…