काठमाडौं । सिटिजन्स बैंकले विरेन्द्रनगर सुर्खेतस्थित कृष्ण संस्कृत तथा साधारण माविमा अध्ययनरत दृष्टिविहिन बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अपाङ्गता भएका बालबालिका र युवाका लागि काम गर्दै आएकोे मैत्री समाज नेपाल संगको सहकार्यमा उक्त शैक्षिक सामग्रीहरु प्रदान गरेको हो । विद्यालयमा आयोजित एक समारोहबीच बैंकले सहयोग स्वरुप विभिन्न…