Logo

सिम्रिक एयरले तिरेन सरकारी बक्यौता, शुक्रबारदेखि सबै उडानमा रोक

काठमाडौं । नेपालमा सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा प्रतिवन्ध लागेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पटकपटक ताकेता गर्दा पनि कम्पनीले प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता नबुझाएको भन्दै शुक्रबारदेखि लागू हुनेगरी कम्पनीका सबै उडानमा रोक लगाएको हो । कम्पनीले विमानस्थल सेवा शुल्कबापत सरकारलाई ४६ लाख ४३ हजार रुपैयाँ बुझाउन बाँकी छ ।