Logo

जाजरकोटमा पुनः भूकम्प, रामिडाँडा केन्द्रविन्दु भएर ५.८ रेक्टरस्केल मापन

काठमाडौं । सोमबार साँझ जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर ५.८ रेक्टरस्केलको भूकम्प गएको छ । गएको शुक्रबार ६.४ रेक्टरस्केलको भूकम्प आएको उक्त स्थानमा पुनः सोमबार पनि त्यसैको पराकम्प आएको हो । सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा उक्त स्थानमा ईपिसेन्टर बनाएर भूकम्प आएको हो ।