काठमाडौं । नेपालका लागि फियाट् कारको आधिकारिक विक्रेता लाइफ अटोमोबाइलले आफ्नो पछिल्लो ह्याचब्याक पुन्टो प्युअरलाई नारायणघाटमा सार्वजनिक गरेको छ । थुप्रै ‘बेस्ट–इन–क्लास’ सुविधा भएको युरोपियन ह्याचब्याक अब हाम्रो स्थानीय डिलर युरो अटोमोटिभमा उपलब्ध हुने बताइएको छ । पुन्टो प्युअर आकर्षक विशेषता भएको इन्ट्रि–लेभल ह्याचब्याक हो । बलियो बनोट, पर्याप्त स्पेस, उच्च ग्राउन्ड क्लेरेन्स र प्रिमियम…