काठमाडौं । आफ्नो कार्यभार शुरु गर्दैगर्दा अधिकांश उद्योगमन्त्रीले एउटा घोषणा गर्छन्, ‘बन्द भएका सरकारी उद्योग पुनः सञ्चालन गर्छु र सञ्चालनमा रहेकालाई नाफामा लैजान्छु ।’ अफसोच अधिकांश मन्त्रीको घोषणा कागजमै सीमित हुँदै आएको छ । झण्डै ९ महिनाअघि उद्योग मन्त्रालय सम्हाल्न आईपुगेका उद्योगमन्त्री नविन्द्रराज जोशीले पनि उस्तौ घोषणा दोहोर्याए । तर, उनको घोषणा कागजमा सीमित भएन,…