Logo

टिकटकको मातृ कम्पनी बाइटडान्सको मुनाफा ६० प्रतिशतले वृद्धि, मूल्य दुई खर्ब २५ अर्ब डलर पुग्यो

काठमाडौं । टिकटकको मालिक बाइटडान्सको मुनाफा सन् २०२३ मा ६० प्रतिशतले बढेको र यसले अनलाइन प्रतिद्वन्द्वीहरू टेनसेन्ट र अलिबाबालाई पछाडि पारेको स्रोतहरूलाई उद्धृत गर्दै ब्लुमबर्गले बुधबार बताएको छ । बाह्र वर्षअघि बेइजिङ अपार्टमेन्टमा आफ्नो जन्मपछि बाइटडान्स विश्वको सबैभन्दा ठूलो प्राविधिक कम्पनीमध्येको एकमा विकसित भएको छ । बाइटडान्सलाई अधिकांश मुलुकमा भिडियो एप टिकटकको निर्माताका रूपमा चिनिन्छ…