काठमाडौं । तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाट नेपाल भ्रमण वर्ष २०२० को तयारीमा जुटेको छ । देवघाटमा रहेका विभिन्न मठमन्दिर, धर्मशाला, आश्रम र गुरुकुल तथा विभिन्न सांस्कृतिक सम्पदा पर्यटकको स्वागतको पर्खाइमा रहेको छ । मुक्तिनाथको शिरबाट बगेर आएको कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आएको त्रिशूलीको सङ्गम देवघाटलाई विश्वका हिन्दूहरुको आस्थाको केन्द्रको रुपमा विकास गर्ने गरी पर्यटन…