काठमाडौं। नेपालमा कोरोना संक्रमितहरुमा जटिल खालको समस्या नदेखिइरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले संक्रमण जोखिमविरुद्ध लडिरहेकाहरुलाई काम उपयोगी सूचना जारी गरेको छ । कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमणपछि शुरुमै बिरामी पर्नेहरु बढी संक्रामक हुने डब्लूएचओले जानकारी गराएको छ । अनुसन्धानमा संक्रमणपछि शुरुमा बिरामी पर्नेहरुबाट धेरै व्यक्तिमा कोरोना सर्नसक्ने खतरा भएको डब्लूएचओले मंगलबार बताएको…