काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार २ सय १६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नेपालभर हालसम्म १७ हजार ८ सय ४४ जना संक्रमित भएका छन्। विगत २४ घण्टामा विभिन्न अस्पतालबाट १७३ जना कोरोनामुक्त भएका छन्।…