काठमाडौं। सारा विश्वले प्रतिक्षा गरिरहेको कोरोनाविरुद्ध बनेको खोप परीक्षणको सकारात्मक परिणाम प्राप्त भइरहेकोप्रति विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले स्वागत व्यक्त गरेको छ । तर, महामारीविरुद्ध लड्न अझै धेरै काम गर्न बाँकी रहेको बताएको छ । जेनेभामा आयोजित पत्रकार सम्मेलनमा डब्लूएचओका आपतकालीन कार्यक्रमका निर्देशक डा। माइक रायनले कोरोनाविरुद्ध खोप बनाइरहेको अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकलाई बधाई दिएका छन् ।…