काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँंचाई मन्त्रालयको जिम्मेवारी पाएका टोपबहादुर रायमाझीले आफ्नो पदबहालीमा मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) लागु गर्नुपर्ने बताएका छन् । उनले आईतबार पदबहाली गर्दै यो नेपालको हितमा भएकाले लागु गर्नुपर्ने बताएका हुन् । उनले एमसिसीसँग सम्बन्धित विषय नेपालको पक्षमा रहेको बताउँदै त्यसबारे विवाद सिर्जना गर्नेभन्दा पनि कार्यान्वयनको पक्षमा सहयोग गर्न आग्रह गरे ।…