काठमाडौं । नेपाल टेलिकमले दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिकामा तामाको तारबाट सञ्चालनमा रहेको टेलिफोन तथा इन्टरनेट नेटवर्कलाई अप्टिकल फाइबरबाट विस्थापित गरेको छ । योसँगै उक्त स्थानका सेवा ग्राहिले उच्च गतिको इन्टरनेट सेवा प्राप्त गर्ने भएका छन् । टेलिकमका अनुसार यहि कात्तिक १५ उक्त स्थानमा फाइबर टु द होम (एफटीटीएच) विस्तारको कार्य सम्पन्न भएको हो ।…