काठमाडौं । कोभिड–१९ का कारण दैनिक मानवीय क्षति बढ्दै गइरहेको अहिलेको अत्यन्त विषम परिस्थितिमा महामारीसँग सम्बन्धित् खरिद प्रक्रिया बाहेकका निर्माणसँग सम्बन्धित् सार्वजनिक खरिद प्रक्रियाहरु अगाडि बढाइएकोमा नेपाल निर्माण व्यवसायी महासंघले कडा आपत्ति जनाएको छ । जनताको स्वास्थ्यमा कुनै ध्यान नदिई संघीय, प्रदेश तथा स्थानीय सरकारका विभिन्न कार्यालहरूबाट त्यस्ता खरिद प्रक्रियाहरू अघि बढाइनु स्वास्थ्य मन्त्रालयले तोकेको…