Logo

मनकामना केबुलकार ५० दिन बन्द हुने

काठमाडौं । गोरखाको मनकामनामा रहेको केबुलकार ५० दिनका लागि बन्द हुने भएको छ । मर्मत–सम्भार र स्तरोन्नतीका लागि केबुलकार झण्डै दुई महिना बन्द गर्न लागिएको मनकामना केबुलकार प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । ‘नियमित मर्मत–सम्भार गर्नुपर्ने भएकाले यही असार ३१ गतेदेखि आगामी असोज १० गतेसम्म केबुलकार बन्द गर्न लागिएको हो,’ शेरचनले भने ।…