Logo

ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन सञ्चालनमा, देशभित्र ४०० केभीबाट पहिलोपटक विद्युत प्रवाह सुरु

काठमाडौं । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएको छ । धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइनलाई मङ्गलबार बेलुका साढे सात बजे चार्ज गरी सञ्चालनमा ल्याइएको हो…