Logo

महिन्द्रा गाडीको सर्भिस सेन्टरमा आगलागी, साढे दुई करोडको क्षति

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित महिन्द्रा गाडीको सर्भिस सेन्टरमा आगलागी हुँदा रु साढे दुई करोडको क्षति भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आज बिहान भएको आगलागीमा सात गाडी, तीन स्कुटर र तीन मोटरसाइकल जलेर नष्ट भएका छन् । परिसरका प्रवक्ता भुवनेश्वर शाहले दिएको जानकारीअनुसार बिहान ४ः४७ मा लागेको आगो ५ः१७ बजे नै नियन्त्रणमा लिइएको…