Logo

नीति तथा कार्यक्रम : सिंचाईका लागि आवश्यक विजुलीको महशुलमा छुट

काठमाडौं । सरकारले सिंचाइका लागि आवश्यक विद्युत महशुलमा छुट दिने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हन् । उनले सिँचाइ सुविधा विस्तार गर्दै लैजाने, नदी डाइभर्सन परियोजनामार्फत सिँचाइ सुविधा दिने योजनाहरुलाई निरन्तरता दिने घोषणासमेत गरेका छन् ।