Logo

६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन तयार, आज सरकारी वकिललाई बुझाइँदै

काठमाडौँ । लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङकङबाट ल्याइएको करिब ६० किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउन लागेको छ । सरकारी वकिलमा बुझाउने रायसहितको अनुसन्धान प्रतिवेदन लेखन कार्य सकिएकाले आज बुझाउने तय भएको सिआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिइन् ।…