काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण गर्ने चर्चा चलेको वर्षाैं भए पनि निर्माण सुरु नभएपछि यो परियोजना स्थानीयको एजेण्डा बन्न पुगेको छ । मन्दिरको ऐतिहासिकतासँग जोडेर यहाँका केही स्थानीयले केबलकार निर्माणमा अवरोध गरेपछि यहाँका राजनीतिक दल, स्थानीय सरकार, जनप्रतिनिधि, नागरिक समाज तथा ताप्लेजुङ र वरपरका विभिन्न संघसंस्थाले निर्माण तत्कालै थाल्न दबाब सिर्जना गर्न थालेका हुन्…