काठमाडौँ । पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको छ्यारछ्यारेमा म्याग्दी नदीमाथि पक्की पुल बनेपछि मालिका गाउँपालिका–१ को निस्कोट र मंगला गाउँपालिका–५ को छिसबाङ सडक सञ्जालमा जोडिएका छन् । पक्की पुल सञ्चालनमा आएपछि यहाँका पाँच हजारभन्दा बढी स्थानीय लाभान्वित भएका छन् । उनीहरूलाई यात्राका साथै ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपज बजार पुर्याउन सहज भएको छ ।…