Logo

प्रहरी अस्पताल र काठमाडौँ विश्वविद्यालयबीच साझेदारीको सम्झौता, आगामी पाँच वर्षसम्म सहकार्य गर्ने

काठमाडौँ । चिकित्सा शिक्षा र अनुसन्धानको क्षेत्रमा सहकार्य गर्न नेपाल प्रहरी अस्पताल र काठमाडौँ विश्वविद्यालयबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । चिकित्सा र सम्बन्धित विषयमा शिक्षा, अनुसन्धान र प्रशिक्षणामा आगामी पाँच वर्षसम्म सहकार्य गर्ने उद्देश्यले नेपाल प्रहरी अस्पताल र काठमाडौँ विश्वविद्यालयबीच सम्झौता भएको हो । सम्झौतापत्रमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राध्यापक भोला…