Logo

प्रतिनिधिसभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० बहुमतले स्वीकृत गरेको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव आजको बैठकमा राखेका थिए। आजको बैठकमा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० लाई अस्वीकार गरियोस् भनी राखेको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत…