Logo

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजंग बराल नियुक्त

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा केशरजंग बराललाई नियुक्त गरेको छ । प्रधानमन्त्री तथा त्रिवि कुलपति कार्यालयले बिहीबार पोखरा विश्वविद्यालयका पूर्वउपकुलपतिसमेत रहेको उनलाई त्रिविको उपकुलपतिमा नियुक्त गरेको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार हाल पोखरामा रहेका बराल काठमाडौं फर्केर नियुक्तिपत्र बुझ्नेछन् ।