Logo

कुमारी बैंकको सिइओ उपाध्यायको राजीनामा स्वीकृत, गिरीले पाए निमित्तको जिम्मेवारी

बिजखबर संवाददाता २७ फागुन, काठमडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत उदयकृष्ण उपाध्यायले राजीनामा दिएका छन् । बैंकको यही फागुन २२ गते बसेको बैंठकले उनको राजीनामा समेत स्वीकृत गरेको छ । निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी राजीव गिरीलाई दिइएको बैंकले नेपाल स्टक एक्सचेञ्जलाई जानकारी दिएको छ ।