Logo

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन्। उनलाइ आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश नियुक्त गरेका हुन्। संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम राउतलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। असोज १६ गते संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा राउतको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो।