Logo

अण्डाको मूल्य बढ्यो, प्रतिगोटा ११ रुपैयाँ

बिजखबर संबाददाता २४ जेठ,काठमाडौं । कुखुराको अण्डाको मूल्य बढेर ११ रुपैयाँ पुगेको छ । भूकम्पपछि घटेको कुखुराको अण्डाको मूल्य ३ रुपैयाँले बढेको हो । भुकम्पका बेला अण्डाको मूल्य प्रतिगोटा ८ रुपैयाँमा झरेको थियो । नेपाल अण्डा उत्पादन संघले ठूलो अण्डा एक क्रेटको २ सय ५० र सानोको २ सय तोकेको छ ।