Logo

इदको अवसरमा बिहीवार सार्वजनिक विदा, सरकारी कार्यालय र शिक्षण संस्था बन्द

काठमाडौं । सरकारले ईद (इदुल्ल फित्र)को अवसर पारी बिहीवार सार्वजनिक विदा दिने भएको छ । इस्लाम धर्मावलम्वीहरुको पर्व इदको अवसरमा देशभर सार्वजनिक विदाको घोषणा गरेको हो । गृह मन्त्रालयद्धारा बुधवार जारी  विज्ञप्तिमा यस्तो उल्लेख गरिएको हो । जसअनुसार विहीवार सरकारी कार्यालय, शिक्षण संस्थालगायत विदा हुनेछ ।