Logo

विश्वभर अहिलेसम्मकै ठूलो साइबर आक्रमण, निसानामा ठूला कम्पनीका वेबसाईट

विश्वका एक दर्जनभन्दा बढी देशमा एकै पटक साइबर आक्रमण भएको छ । ‘वान्नाक्यारी र्यान्समवेयर’ नाम दिइएको यो आक्रमणबाट विश्वका प्रसिद्ध कम्पनीका वेबसाइट सञ्चालनमा ल्याउन समस्या भएको जनाइएको छ । यो आक्रमणबाट फेडएक्स, टेलिफोनिका, बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाजस्ता संस्थाका वेबसाइट प्रयोगमा आउन सकेका छैनन् । यो आक्रमणले बेलायतको स्वास्थ्य सेवाका काम बन्द भएका छन् भने एक्स…