काठमाडौं । चिनियाँ टोलीले केरुङ–काठमाडौं रेलमार्गबारे गरेको अध्ययन प्रतिवेदन बुझाउन तथा निर्माणबारे छलफल गर्न आज काठमाडौं आउने भएको छ । सोमबार तथा मंगलबार भौतिक पूर्वधार तथा यातायात मन्त्रालयमा सचिवस्तरीय बैठकमा सहभागी हुन चिनियाँ टोली आज अपरान्ह ४ बजे काठमाडौं आइपुग्ने रेल विभागका सिनियर डिभिजन इन्जिनियर देबकुमार तामाङले जानकारी दिएका छन । केरुङ–काठमाडौं रेलमार्गबारे आगामी दिनमा…