Logo

नेपाल–भारत पारवहन बैंठक : नेपालले आफ्नै पानी जहाजमा ढुवानी गर्न पाउने, विद्युतीय कार्गोमा ‘ट्रान्सिप्मेन्ट’ लागू

काठमाडौं । नेपालले आफ्नै पानी जहाजमा तेस्रो मुलुकबाट मालसमान ढुवानी गर्न पाउने भएको छ । दुईदिनसम्म काठमाडौंमा भएको नेपाल–भारत पारवहन सन्धिको विस्तृत पुनरावलोकन बैंठकबाट आगामी दिनमा सामुन्द्रिक नाकाबाट नेपाली ध्वजाबाहक पानी जहाजमार्फत मालसामान ढुवानी गर्न पाउने सहमति भएको नेपालको तर्फबाट वार्ता टोलीका संयोजक तथा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए ।…