Logo

फागुन १९ देखि जापानको नारिता उडने भयो नेपाल वायुसेवा निगम, पहिलो उडानमा ५५ जना यात्रु

काठमाडौं । नेपाल बायुसेवा निगमको वाईडबडी जहाजले आगामी फागुन १९ गतेदेखि जापानको नारिता नियमित उडान गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । जापानको नारिता विमानस्थलमा उडान शुरु भएसँगै निगमले हाल उडान गरिरहेको जापानकै अर्को गन्तब्य ओसाका उडान भने पूर्णरुपले बन्द गर्ने भएको छ । निगमले नारितामा हप्तामा ३ दिन सोमबार, बुधबार र शुक्रबार उडान गर्नेछ…