Logo

मंगलबार थप ३८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुग्यो

काठमाडौं । मंगलबार नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजै उक्त संख्यामा संक्रमित थपिँदा नेपालमा कुल संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ । यस्तै मंगलबार कोरोनालाई जितेर घर फर्किनेको संख्या १ सय १७ जना पुगेको छ ।