Logo

लामो दुरीका सार्वजनिक सवारीसाधन भदौ १ गतेदेखि खुल्ने

काठमाडौं । सरकारले लामो दूरीको यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा । युवराज खतिवडाले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए । पछिल्ला मन्त्रिपरिषद बैठकका निर्णयहरु सुनाउँदै उनले उक्त कुराको जानकारी दिएका हुन ।