Logo

नेपालको स्याटेलाईट सम्बन्धी परामर्श दिन ९ कम्पनीको आवेदन, चीनदेखि अमेरिकासम्मका कम्पनी इच्छुक

काठमाडौं । नेपालको आफ्नै स्याटेलाईट राख्ने प्रक्रियाको परामर्शका लागि विभिन्न ९ विदेशी कम्पनी ईच्छुक देखिएका छन् । ४ बर्षअघिको प्रक्रिया रद्द गरेको नेपाल दूरसञ्चार प्राधिकरणले यसलाई पुनः नयाँ प्रक्रियाबाट अगाडि बढाउन पुस १ गते नयाँ आशयपत्र माग गरेको थियो । जसमा स्याटेलाइटको नियमन तथा सुरक्षा, व्यवसायिक तथा सञ्चालन मोडालिटीको नीति तयार पार्ने कुरा समेटिएको थियो…