Logo

दोर्दीखोला आयोजनाकाे ९६ प्रतिशत काम सम्पन्न, चैतसम्ममा बत्ती बल्ने

काठमाडौं । लमजुङमा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाले अहिलेसम्म ९६ प्रतिशत निर्माणकार्य सम्पन्न गरेको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन यस आयोजनाको चार प्रतिशत मात्र काम बाँकी रहेको र आउँदाे चैत महिनामा बिजुली उत्पादन हुने आयोजनाले जनाएको छ ।  आयोजनाका प्रबन्धक मुन्ना शाक्यकाअनुसार मेकानिकल, इलेट्रो–मेकानिकल, पाइप बिच्छ्याउने, सुरुङको केही काम बाँकी छ…