काठमाडौं । नेपाल औषधि लिमिटेडले एमजीटसहित थप १० प्रकारका औषधि उत्पादनका लागि अनुमति पाएको छ । हाल जीवनजल, सेनिटाईजर, सिटामोल र डिस्टिल वाटर मात्रै उत्पादन गरिरहेको कम्पनीलाई औषधि व्यवस्थापन विभागले बुधबार थप १० प्रकारका औषधि उत्पादनको अनुमति दिएको हो । अब औषधि लिमिटेडले गर्भावस्थाका बेलामा प्रयोग गरिने आईरन फोलिक एसिड चक्की, जुकाको औषधि, एजिथ्रोमाइसनलगायतका औषधि…