Logo

आयातमा थप कडाई गर्न अर्थविद्हरुको सुझाव, विकासमैत्री नीति नहुँदा समस्या : अर्थमन्त्री

काठमाडौं । अर्थविद्हरुले अर्थमन्त्री जनार्दन शर्मालाई आयातमा गरिएको कडाईलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका छन् । आईतबार अर्थमन्त्रालयमा अर्थमन्त्री शर्माले आयोजना गरेको अर्थविद्हरुसँगको छलफलमा उक्त व्यवस्थाको निरन्तरता दिन सुझाव दिएका हुन् । छलफलमा विज्ञहरूले तथ्यांकका आधारमा मुलुकको अर्थतन्त्र धरासायी भइनसकेको बताएका थिए। यद्यपि थप खराब अवस्थातिर जान नदिन आवश्यक उपायहरू अवलम्बन गर्न भने सुझाएका थिए ।…