Logo

भोटेकोसीले लार्चाको पुल बगायो, तातोपानी नाकासँग टुट्यो सम्पर्क

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत भोटेकोसी नदीले लार्चाको पुल बगाएको छ । शनिबार बिहान भोटेकोसी गाउँपालिकास्थित लार्चाको पुल बगेपछि तातोपानी नाकासँगको सम्पर्क टुटेको छ । अहिले भोटेकोसीको जलसतह बढ्दो क्रममा रहेकाले तातोपानी, बाह्रबिसे लगायतका बजार तटीय क्षेत्र जोखिममा परेका छन् ।